लुम्बिनीमा मेरो विद्यालय मेरो दायित्व अभियान शुरु

अर्घाखाँची ।लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान आजबाट शुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ मा रहेको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नु भएको हाे ।
सामाजिक विकास मन्त्रालयकाे आयाेजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गरिएको छ ।
आज प्रदेश भित्रका एकसाथ १७ वटा विद्यालयबाट अभियान शुभारम्भ गरिएको हो। ७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्याल प्रति अझै भरोसा र विश्वास बढाउन आवश्यक रहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल उच्च बनाउन यस अभियानले सहयोग पुर्याउने उहाँलेबताउनुभयो।सामुदायिक विद्यालयले धेरै व्यक्तित्व जन्माएको छ। पढेको विद्यालय प्रतिको दायित्वका विषयमा चालू आवको नीति तथा कार्यक्रममा समावेश गरेर राख्यौं। अब नियमित रुपमा यो अभियान चल्ने बताउनुभयो।
यस्तै पूर्व विद्यार्थिकाे तर्फबाट मुख्यमन्त्री आचार्यले बुवा-आमाकाे स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँकाे टिकाराम- तारादेवी अक्षयकोष स्थापना गर्नु भएको छ । याे अक्षयकोषकाे ब्याजबाट प्राप्त हुने रकमबाट दलित जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा पुरस्कृत गरिनेछ ।यस्तै मेराे विद्यालय मेराे दायित्व अभियानकाे काेषमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्दै अभियानकाे सुभारम्भ गर्नु भएको हाे।
कमेन्ट गर्नुहोस !