छत्रदेव गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न,गाउँमै सेवा पाउँदा स्थानीय हर्षित

सन्धिखर्क ।छत्रदेव गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ,जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीको प्राविधिक सहयोगमा मोतियाविन्दुको अप्रेसन सहितको निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।
शिविरमा २२ जनाको निःशुल्क मोतियाविन्दुको अप्रेसन गरिएको छ।
गाउँपालिकाको छत्रगञ्ज स्वास्थ्य चौकीमा भएको शिविरमा २सय२ जनाको आँखा परिक्षण समेत गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्वी राम न्यौपानेले जानकारी दिनुभयो ।
जसमा महिला १सय११ र पुरुष ९१ गरि २सय २ जनाले सेवा लिएका हुन ।सन्धिखर्कमा पाउने सेवा गाउँमै पाएपछि स्थानीय हर्षित भएका छन ।
कमेन्ट गर्नुहोस !