इजरायलबाट २सय५४ नेपाली स्वदेश आइपुग्दा खुशी

काठमाडौं । इजरायलबाट २सय५४ जना नेपाली स्वदेश फर्किएका छन्।उनीहरूलाई नेपाल वायुसेवा निगमको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो। उनीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारी इजरायल जानुभएको थियो ।
उद्धारपछि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५सय तीन जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अरुलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण ठाउँबाट स्थानान्तरण गर्न आवेदन दिएका ५४ जनालाई सुरक्षित ठाउँमा सारिएको पनि जानकारी दिनुभयो ।इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु काठमाडौं आइपुग्दा निकै खुशी हुँदै खुशीका आँसु खसालेका थिए।
उनीहरुमध्ये धेरैले इजरायल हमासको द्वन्द्वपछिका चार दिन निकै कष्टपूर्ण रुपमा बितेको बताएका छन् ।जोहोस नेपाल सुरक्षित आउन पाएकोमा सरकारलाई धन्यवाद दिएका छन ।
कमेन्ट गर्नुहोस !