छत्रदेवमा भिरबाट लडी घाइते भएका रामु बिकको परिवारलाई खाद्यान्न लगायतका सामग्री प्रदान

छत्रदेव ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर– ६ साविक ठूलापोखरा गाविस वडा नम्बर– १ दुङ्खुरे निवासी रामु बि.क गत ६ महिना अगाडि भीरबाट लडी घाइते अवस्थामा उपचार गराउनुभएको थियो ।
कम्मरदेखि तलपट्टिको भाग पूर्ण अवस्थामा चल्ने नस्क्ने अवस्था भएकोले उहाँलाई हाल घरमै राखी परिवारले स्यार सुसार गरिरहेको अवस्थामा हुनुहुन्छ । निजको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले निज रामु वि.कको सहयोग को लागि ठुलापोखरा निवासी वुवा स्व.चुरामिण पाण्डे आमा डिलकला पाण्डेका कान्छा छोरा समाजसेवी व्यक्तित्व खिमलाल पाण्डेले १२हजार २सय५० बराबरको खाद्यान्न , न्यानो कपडा , साथै शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।
उक्त कार्यक्रम वडा अध्यक्ष कमल पौडेल ,वडाका नेपाली काँग्रेसका सभापति धनिश्वर पाण्डे ,सहयोग गनुहुने खिमलाल पाण्डेको जेठो दाजु कृष्ण प्रसाद पाण्डे ,वडा सचिव मणिराम वि.क को उपस्थितिमा रामु वि.कको श्रीमती ,आमा र छोराछोरीहरुलाई वडा कार्यालयमा एक कार्यक्रमका बीच खाद्यान र लत्ता कपडा,शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
सहयोगी खिमलाल पाण्डे हाल यु.केमा हुनुहुन्छ उहाँले यस भन्दा पहिले पनि सामाजिक क्षेत्रमा धेरै भन्दा धेरै कार्य गर्दै आउनु भएको छ।
कमेन्ट गर्नुहोस !