मोतिपुरदेखी अर्घाखाँची 132 KV लाइनको टावर भाँचिएकाले विद्युत अवरुद्व,पाल्पा तर्फबाट लाईन सुचारु गर्ने प्रयास जारी

सन्धिखर्क ।आज आएको भिषण हावाहुरिका कारण मोतिपुरदेखी अर्घाखाँची 132 KV लाइनको टावरको cross arm भाँचिएकाले अर्घाखाँची तथा गुल्मीको लाइन अबरुद्ध भएको छ।
पाल्पा तर्फबाट लाईन सुचारु गर्ने प्रयास भै रहेको छ। उक्त टावर मर्मत नहुँदासम्म लाइन केही अनियमित हुने नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभएको छ ।
कमेन्ट गर्नुहोस !