पत्रकार महासंघ अर्घाखाँचीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

सन्धिखर्क ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीले शैक्षिक सामाग्री प्रदान गरेको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको निर्मल नवज्योती सुस्त मनःस्थिति विद्यालयमा अध्यान रहत फरक क्षमता भएका २४ जना विद्यार्थीलाई १सय३६ औं अन्तराष्ट्रिय श्रमिक दिवस तथा बिश्व प्रेस स्वतन्त्रता दिबसको अबसरमा पारेर पठनपाठनमा केहि भए पनि राहत मिलोस भनेर शैक्षिक सामाग्री अन्तर्गत कपी र पेन प्रदान गरिएको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य,नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष शोभाखर पन्थी,निर्वतमान अध्यक्ष अशोक खनाल,विद्यालयका प्रधानध्यापक कमला भुसाल लगायतका मन्तव्य राख्दै विद्यालयको शैक्षिक गुणस्तर आवश्यक भवनको संमरचनालाई थप व्यवस्थीत बनाउनु पर्ने विषयमा जोड दिनुभएको थियो ।

कार्यक्रम पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणि भुसालको स्वागत मन्तव्य सचिव लक्ष्मण घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close