नेपाल निजामती कर्मचारी युनियन सन्धिखर्कको अध्यक्षमा भुसाल चयन

सन्धिखर्क ।नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले संगठन विस्तार कार्य अगाडी बढाएको छ । जसअन्तर्गत पालिकास्तरको संगठन सन्धिखर्क नगरपालिकाबाट विस्तार गरिएको छ ।अधिवेशनले नेपाल निजामती कर्मचारी युनियन सन्धिखर्क नगरपालिकाको अध्यक्षमा धर्मराज भुसाललाई चयन गरेको छ ।
जसको उपाध्यक्षमा श्रबण पन्थि, महिला उपाध्यक्षमा सरिता घिमिरे , सचिवमा गगन आचर्य , सहसचिवमा गोमा थापा , कोषाध्यक्षमा यमुना पन्थी, सदस्यहरुमा सीता बिसि ,प्रदिप आचार्य ,जेलिना केसि, सन्तोष लम्साल, कुलदिप आचर्य निर्वाचित भएको नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीका अध्यक्ष दिपक पाण्डेले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !