अर्घाखाँचीःकांग्रेस सभापति श्रेष्ठद्वारा चुनाव केन्द्रित हुन आग्रह

अर्घाखाँची ।नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले मंसिर ४ गते हुन लागिरहेको संघ र प्रदेशको चुनावमा पार्टीका उम्मेदवार लाई विजयी बनाउन दत्तचित्त भएर लाग्न स्थानीय नेता कार्य कर्ताहरुलाई आग्रह गर्नु भएको छ । नेपाली कांग्रेस मालारानी गाउँ कार्यसमितिको बैठक तथा प्रशिक्षण कार्यक्रम लाई खनदहमा सम्बोधन गर्दै सभापति श्रेष्ठले संगठन निर्माण मा जुटेर चुनावी अभियानमा लाग्नका लागि सबैलाई आग्रह गर्नु भएको हो ।

कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठक तथा प्रशिक्षण कार्यक्रममा र जिल्ला सचिव कृष्ण खनाल जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्री जिल्ला सदस्य अभिना आचार्य लगायतले प्रशिक्षण मुलक मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम मालारानी गाउँपालिका कांग्रेस सभापति सोभाखर खनालको सभापतित्व सचिव रबिन घिमिरे संचालन तिलक खनालको स्वागत मन्तब्यमा भएको कार्यक्रममा जित बहादुर थापा बिष्णु पन्थि ,गोबिन्द रेग्मी मणिराम खनाल ,तारा प्रसाद खनाल ,लक्ष्मण पोख्रेल ,प्रभात कुवँर कबिराम पौडेल लगाएतका स्थानीय नेताहरुले आफ्नो भनाइ ब्यक्त गरेको कांग्रेस प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close