सन्धिखर्क ९ मा रहेको श्रीजनशिल युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता हुँदै

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ मा रहेको श्रीजनशिल युवा क्लबको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । कार्तिक ९ गते बन्द्रुकोटामा हुने भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको विशाल कार्कीले जानकारी दिनुभएको छ । खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको हुदा इच्छुक वडा ,क्लब खेलाडी हरुले सम्पर्क गरि टिम दर्ता गराउनु सकिने बताएको छ ।प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजारसहित शिल्ड प्राप्त गर्नेछ ।

द्वितीय हुने टिमले नगद १५ हजार शिल्ड प्राप्त गर्दा तृतीय हुने टिमले नगद ८ हजार नगद र शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।टिम दर्ता ३ हजार लाग्ने छ ।टिम दर्ता कार्तिक ९ गते बिहान ९ बजे सम्म दर्ता गर्नुपर्ने छ ।खेलाडीले वडा को पत्र सहित खेलाडी को नाम र खेलाडी ले नागरिकता अनिवार्य लिएर आउनु पर्नेछ ,यदि एक वडा को खेलाडी अर्को वडा बाट खेलेको भेटिमा स्वत टिम बाहिर हुनेछ, खेलाडी ले अनिवार्य जर्सि र जुत्ता लगाएर आउनु पर्ने छ।टिम दर्ताको लागि बिशाल कार्कि 9857063966 ,इसरि केसि 9847167116 र सुनिल केसि 9844747975

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close