स्थापना दिवसमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सागर महत,सन्धिखर्क ।
नेपाल निजामती कर्मचारी युनियनको ३५ औं स्थापना दिवसको अवसरमा जिल्ला कार्य समिती अर्घाखाँचीले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर स्थापना दिवस मनाएको छ ।जसअन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर १२ मा रहेको
जुहार आधारभूत बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष दिपक पाण्डेले जानकारी दिनुभयो ।विद्यार्थीलाई पठनपाठनमा केहि भएपनि राहत मिलोस भनेर २६ जना विद्यार्थीलाई झोला, कापी , पेन्सिल वितरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले कर्मचारी युनियनले जिल्लाका धार्मिक क्षेत्रमा सरसफाई ,होर्डिङ बोर्ड राख्ने,विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने जस्ता काम गर्दै आएको भन्दै धन्यवाद दिनुभएको छ।
कार्यालय समय भन्दा बाहिर रहेर पनि रचानात्मक काम गर्न सकिन्छ भने संदेश पनि प्रभाह गरेकोमा सन्धिखर्क नगरपालिका पुर्व नगरप्रमुख कमल प्रसाद भुसाल र सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष नारायण खड्काले प्रशंशा गर्नुभयो ।यस्तै पछिल्लो समय विद्यालयमा विद्यार्थीको संख्य घट्न नदिनको लागि अभिभावक शिक्षकहरुले सोहि अनुसारको पढ्ने वातावरण मिलाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम कर्मचारी युनियनका जिल्ला सचिव रमेश न्यौपानेको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा वडा सदस्य राम बहादुर बस्याल, पुर्ब जिल्ला समन्वय समितिका सदस्य झमन कुमार श्रेष्ठ , समाजसेबि धन प्रसाद श्रेष्ठ ,छन्द्र लाल श्रेष्ठ युनियनका केन्द्रिय परिषद सदस्यहरु मुक्तिराम खनाल , रुकेन्द्र पालुङे , प्रकाश परियार योगेश पन्थी,युनियनका नेता शिवहरी खनाल नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायत स्थानीय अभिभावकहरुको उपस्थित रहेको थियो ।
कमेन्ट गर्नुहोस !