रुसको आक्रमणमा परेर युक्रेनी सहरमा ४१ जनाको मृत्यु

एजेन्सी । रुसले गरेको आक्रमणमा परेर युक्रेनी सहरमा ४१ जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको सहर पोल्टाभामा रुसले हानेको दुई वटा बालिस्टिक मिसाइल लागेको थियो । यस क्रममा कम्तीमा ४१ जना मारिएको र १८० जना घाइते भएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भनेका छन् । केहीलाई भग्नावशेषबाट तानेर बचाइएको पनि उनले बताए ।

मिसाइलले शैक्षिक संस्था र नजिकको अस्पतालमा लागेको बताइएको छ । यस आक्रमणमा शैक्षिक संस्थाको एउटा भवन पनि आंशिक रूपमा ध्वस्त भएको छ । उद्धारकर्मीहरूको समूहले करिब २५ जनाको उद्धार गरेको र यी मध्ये ११ जना भग्नावशेषमा पुरिएको बताइएको छ । अन्यको खोजी कार्य भइरहेको छ । पुष्टि नभएको रुसी स्रोतले भने पीडितहरू सेना भएको बताएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close