अर्घाखाँचीमा खोलाले बगाउँदा २ को मृत्यु

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीमा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । नुहाउने क्रममा शितगंगा नगरपालिका वडा नम्बर १४ को छहरे खोलाले बगाउँदा कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ का २८ वर्षिय उमेश पौडेल र बाणगंगा नगरपालिका वडा नम्बर २ बोडगाउँ बस्ने २३ बर्षिय किसोर रास्कोटीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोैरका अनुसार पौडेलको शव घटना स्थल भन्दा ५सय मिटर तल र रास्कोटीको शव १ किलोमिटर तल फेला परेको हो ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।आज दिउँसो चार जना त्यहाँ झरनामा नुहाउन र फोटो खिच्न आएको स्थानीयले बताएका छ्न।चार मध्ये २जनाले पौडिएर बाच्न सफल भएका छ्न।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close