अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा लोक सेवाका निःशुल्क कक्षा संचालन

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले लोक सेवा तथा शिक्षा सेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन भएका छन । गाउँपालिका भित्र रहेका ८ वटै वडालाई समावेश हुने गरि कक्षा संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले सुचना प्रकाशन गरेर आवेदन खुलाएको थियो ।५२ जनाले आवेदन दिएका थिए ।सोहि अनुसार कक्षा पनि संचालन गरेको प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताउनुभयो।
गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

लोकसेवा र शिक्षक सेवा आयोगले लिने परीक्षा तयारीका लागि टाढा जानुपर्ने र धेरै शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउँदै स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सुरु गरेको बताउनुभयो । गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँका युवायुवती खुसी भएका छन् । गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गरेपछि यसैका लागि सन्धिखर्क,बुटवल काठमाडौं लगायत ठाउँमा जानुपर्ने बाध्यता समेत हटने अध्यक्ष श्रेष्ठले बताउनुभयो । गाउँपालिकामा कक्षा संचालन भएका छन

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close