सन्धिखर्कःबाल आधारभुत बिद्यालयको बार्षिक उत्सव,नतिजा प्रकाशन र पुरस्कार बितरण कार्यक्रम सम्पन्न

रुद्रमणि भुसाल,अर्घाखाँची।सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोटमा रहेको बाल आधारभुत बिद्यालयको ६२ औँ बार्षिक उत्सव तथा नतिजा प्रकाशन र पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।


वार्षिक उत्सबको अवसरमा बोल्दै जिल्ला शिक्षा समन्वय इकाइ समितिका प्रमुख मणिराम पराजुलीले समय अनुसार शिक्षाको गुणस्तर सुधार नभए गाउँका बिद्यालयमा बिद्यार्थीको संख्या कम भएर बन्द गनुपर्ने अवस्था आउन लागेको बताउनुभयो ।
पराजुलीले बाल आधारभुत बिद्यालयको भौतिक पुर्वाधार निर्माणमा स्थानियहरुको ब्यतिmगत स्वार्थका कारण भबन बनाउन नसकिएको बताउनु भयो ।


कार्यक्रममा वाड नम्बर १ का वडा अध्यक्ष माधब श्रेष्ठ , समाजसेबी सन्जु नेपाली , पार्वती आधारभुत बिद्यालयका प्र.अ. बिष्णु प्रसाद पराजुली , पुर्व शिक्षक प्रकाश राना , शिक्षिका सुनिता श्रेष्ठ , लगायतले मनतब्य राख्नु भएको थियो ।
बिभिन्न बिदामा १७ ओटा अक्षयकोष रहेको बाल आधारभुत बिद्यालयमा अक्षयकोष दाता दधिराम पराजुली , प्रकास राना , अर्चना श्रेष्ठ र सुरज श्रेष्ठलाई लाई बिद्यालयले सम्मान गरेको थियो ।


बिद्यालयका प्र.अ. बिष्णु प्रसाद खनालले आर्थक वर्ष २०७९/८० को ३२ लाख बराबरको आयब्याय विवरण प्रस्तुत गनु भएको थियो । बार्षक उत्सवको अबसरमा राष्ट्रगुरु योगी नररिनाथ शुद्ध तथा दुर्त पठनसिप शिर्षकमा बिभिन्न व्यक्तीबाट २२ हजार रकम अक्षयकोषमा जम्मा गरिएको छ । यस बिद्यालयमा अध्यायन गरेका ब्यक्ती अहिले नेपाल प्रहरीको प्रमुख देखि बिभिन्न राष्ट्रको उच्च तहमा पुग्न सफल भएका छन् । बार्षिक उत्सवको अबसरमा बिभिन्न बिदाका अक्षयकोषबाट र पोशाक र पुरस्कार समेत बिद्यार्थीहरुलाई बितरण गरिएको थियो ।
कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षता र शिक्षक बिष्णु प्रसाद खनालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close