नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरिएको सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्री शर्माले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रूपमा केही समय लाग्ने बताउनुभयो ।
कमेन्ट गर्नुहोस !