गुल्मीमा माछा मार्नेक्रममा खोलामा डुबेर १ जनाको मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर १ जनाको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ६, खैरेनीका १४ वर्षीय युवराजदिन मियाको बडिगाड खोलामा बल्छीको प्रयोग गरेर माछा मार्ने क्रममा नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मिया शुक्रबार दिउँसो बल्छी लिएर माछा मार्न बडिगाड खोलामा गएका थिए। तर उनी साँझ सम्म घर नफर्किएपछि परिवार,स्थानीय र प्रहरीले खोजतलास गर्दा खोलाको किनारमा उनको तैरिएको अवस्थामा शव फेला परेको का डीएसपी शंकर पोखरेलले जानकारी दिनुभयो ।
शव पोस्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याउने काम र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close