नेकपा एमालेले देउवालाई समर्थन गर्ने सांसदलाई कारबाही गर्ने

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी विपरीत रहेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने २६ जना सांसद लाई कारबाही गर्ने भएको छ ।जसमादलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ ।शुक्रबार संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १ सय४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउनुभएको थियो । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसद रहनुभएको थियो ।उहाँहरु लाई दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालय पठाएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस !