अर्घाखाँचीमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियानको लागि अभिमुखीकरण कार्यक्रम सुरु

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान संचालनको लागि अभिमुखीकरण कार्यक्रम बुधबारदेखि सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ । फागुन १३ गतेदेखि १७ गतेसम्म जिल्लाका ६१ वटा वडामा खोप अभियान संचालन गर्नको लागि अभिमुखीकरण संचालन गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप शाखा संयोजक विजय विकले जानकारी दिनुभयो।
९महिनादेखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीले बताउनुभयो । कार्यक्रममा जिल्लाका ६ वटा स्थानीय तह मध्ये पहिलो चरणमा शितगंगा नगरपालिका र पाणिनि गाउँपालिकालाई समावेश गरिएको छ ।कार्यक्रममा पालिका स्वास्थ्य शाखा प्रमुख र वडामा रहेका स्वास्थ्य क्रमीहरुको सहभागीता रहेको कार्यालय प्रमुख नेपालीले बताउनुभयो ।
अब थप सन्धिखर्क नगरपालिका,भुमिकास्थान नगरपालिका,मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकामा खोप संचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सन्धिखर्कमै संचालन गर्ने बताउनुभयो।
कार्यक्रममा अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा. अशोक शाह,सहजकर्ता मनोज नेपाल,स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेश राज पौडे्ल लगायतको सहभागीता रहेको कार्यक्रम स्वास्थ्य कार्यालयका कोल्डेन सुपरभाइजर सुधन राज गौतमको संचालनमा कार्यक्रम सुरु भएको हो ।
कमेन्ट गर्नुहोस !