इस्लाम धर्मावलम्बीहरु ‘ईदउलफित्र’ मनाउँदै

काठमाडौं । आज नेपालमा रहेका इस्लाम धर्मावलम्बीहरु ‘ईदउलफित्र’ मनाउँदै छन्। इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेर आज ‘ईदउत्रफित्र’ मनाउन लागेका हुन्। यस अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।

नमाज पूरा गरेपछि एक–अर्कालाई अंकमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close