भारतमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

एजेन्सी।भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । छत्तीसगढको दुर्ग जिल्लामा मजदुरले भरिएको बस खानीमा खस्दा १४ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । बसमा निजी कम्पनीका कर्मचारी सवार थिए।

दुर्घटना मंगलबार राति करिब साढे ८ बजे भएको हो । खापरी गाउँनजिकै पुग्दा बस अनियन्त्रित भई ४० फिट गहिरो खानीमा खसेको समाचारमा उल्लेख छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close