भागेका अफगानिस्तानका राष्ट्रपति घानी युएईमा भेटिए

एजेन्सी।अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि भागेका राष्ट्रपति अशरफ घानी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन्। यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति गनी र उनको परिवारलाई देशमा स्वागत गरिएको बताएको छ ।
गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा उनी देश छाडेर भागेका थिए। अमेरिकाले उनको यो कदमको चर्को आलोचना गरेको थियो। अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने अमेरिकाको आरोप थियो।

ताजिकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले गनीले देश छाड्दा लगभग १६ दशमलव ९ करोड डलर आफूसँगै लिएर भागेको दाबी गरेका थिए। उनले गनीले आफ्नो देश र जनतासँग विश्वासघात गरेको बताएका थिए।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close