इजरायली आक्रमणमा परि लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाले लेबनानस्थित हिजबुल्लाहको हतियार भण्डारण केन्द्र र दहिहमा रहेको गुप्तचर मुख्यालय कमाण्ड सेन्टरलाई निशाना बनाएर गरेको आक्रमणमा १२ जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघले उत्तरी लेबनानमा इजरायली आक्रमणको छानबिन गर्न आग्रह गरिरहेकै बेला यो आक्रमण भएको हो ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको घर लक्षित गरी हिजबुल्लाहले गरेको आक्रमणको केही समय नबित्दै इजरायली सेनाले हिजबुल्लाहको हतियार भण्डारण केन्द्र लक्षित आक्रमण गरेको हो । आक्रमणका कारण सो भण्डारण केन्द्रमा केही क्षति पुगेको छ ।
यसअघि हिजबुल्लाहले इजरायली सहर हाइफा र यसको उत्तरी क्षेत्रमा रकेट प्रहार गर्दा एकजनाको मृत्यु भएको थियो ।यता इजरायली डिफेन्स फोर्स ९आईडीएफ० ले लेबनानका बासिन्दालाई छिटोभन्दा छिटो देश छोड्न पुन चेतावनी दिएको छ ।
लेबनानका विभिन्न जिल्लाका बासिन्दाहरूलाई कुनै पनि बेला जस्तोसुकै आक्रमण हुन सक्ने भन्दै देश छोड्न चेतावनी जारी गरेको हो । इजरायलको चेतावनीसंगै हजारौंले थातथलो छोडेका छन् भने हजारौ पलायन हुने क्रममा छन् ।
कमेन्ट गर्नुहोस !