कपिलवस्तुमा बस दुर्घटना मृत्यु हुनेको संख्या १० पुग्यो, तीस घाइते

बुटवल । कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको छ ।
दुर्घटनाबाट ३० जना घाइते भएका र त्यसमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको कपिलवस्तुकै सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close