अर्घाखाँचीमा रेडक्रसको आयोजनामा रक्तदान कार्यक्रम हुँदै

सन्धिखर्क ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीले रक्तदान कार्यक्रम गर्ने भएको छ ।स्वर्ण जयन्तीको अबसरमा रेडक्रसले रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनबाट बुधबार जानकारी गराएको छ । सदरमुकाम सन्धिखर्कमा २८ गते रेडक्रस कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीका सभापति कुशल भुसालले जानकारी दिनुभयो ।
रेडक्रसले माघ २८,२९ र फागुन १ गते बिभिन्न कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउन लागेको हो । रेडक्रस मन्त्री तुल्सीराम पौडेलको स्वागत मन्तब्य र कार्यालय सचिब ठाकुर अधिकारीको संचालनमा सम्पन्न हो ।
कमेन्ट गर्नुहोस !