छत्रदेवमा समिक्षा कार्यक्रम

सन्धिखर्क ।अर्घााखाँचीको छत्रदेव गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका अन्तर्गत संचालित प्रथम अर्धवार्षिक समिक्षा कार्यक्रम संचालित सम्पुर्ण कार्यक्रमको प्रगतिको समिक्षा तथा कम्जोर देखिएका सुचकहरुमा सुधारका लागि थप प्रयास गर्ने प्रतिवद्दता सहित सम्पन्न भएको छ ।
कार्यक्रमको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनि पन्थी , प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे लगायतको सहभागीता रहेको कार्यक्रममा सहजीकरण तथा गाउँपालिकाको समग्र प्रगतिको प्रस्तुतीकरण स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपाने गर्नुभएको हो । सहभागिता तथा स्वास्थ्य संस्थाको प्रगतिको प्रस्तुतीकरण गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था प्रमुख तथा स्वास्थ्यकर्मी लगायतले पनि पस्तुत गरेको जनाएको छ ।कार्यक्रम स्मृति गौतमको संचालनमा सम्पन्न भएको हो।
कमेन्ट गर्नुहोस !