एमालेको समृद्धि संकल्प यात्राको १८औं दिन

काठमाडौं । एमालेले सुरु गरेको समृद्धि संकल्प यात्राको आज १८औं दिन हो । आज १८ औं अथवा अन्तिम दिन यात्रा टोली पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुग्दैछ।

हिजो पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट प्रस्थान गर्ने र साँझ फिदिमा नै बास बस्ने कार्यक्रम रहेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

आज फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । ३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम पुग्ने ज्ञवालीले बताउनुभयो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close