दाङमा टिप्परको ठक्करबाट प्युठानका २युवाको मृत्यु

दाङ। दाङमा टिप्परको ठक्करबाट प्युठानका २ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ बाङ्गे बस्ने बर्ष १७ को बिशाल जि.सी. र नौबहिनी गाउँपालिका– लुङ बस्ने १८ वर्षका सागर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
गएराति तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई घोराही –.१० धारबैरा चोकमा गएराति ठक्कर दिएको थियो । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ।दुर्घटनामा परि गम्भीर घाइते दुबै जनाको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताएको छ।
कमेन्ट गर्नुहोस !