सन्धिखर्कमा रहेको त्रिबेणी सहकारीले स्थापना दिवसमा बिरामीलाई आर्थिक सहयोग गर्ये

सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड १३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । सन्धिखर्क २ मा रहेको उक्त सहकारीले स्थापनाको अवसरमा आज पहिलो चरणमा संस्थाको कार्यालयमा पानसमा दिप प्रज्ज्वलन गरी शुभकामना आदानप्रदान गरेको हो ।यसैबिच सहकारीले आफ्नो १३ औं स्थापना दिवसको अवसरपारी जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ नौलापानी निवासी श्यामलाल नेपालीलाई नगद ५ हजार सहित हरलिक्स प्रदान गरेको सहकारीले जनाएको छ ।
१ वर्ष अघिदेखि पेटमा पानी जम्ने समस्या भएका नेपालीलाई उपचारमा केही भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले बिरामी नेपालीको निवासमै पुगी आर्थिक रकम सहयोग गरीएको थियो ।रकम हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरे,
पुर्बअध्यक्ष चन्द्रप्रसाद बन्जाडे,कोषाध्यक्ष टोपलाल खनाल, संस्थापक पुर्बउपाध्यक्ष शोभाखर भुसाल यस्तै शिब बेल्वासे,शालीकराम बन्जाडे,खिमप्रसाद खनाल लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !