अर्घाखाँचीमा बसले ठक्कर दिदा १ को मृत्यु ,२० घाइते

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा ना३ ख २४७१ नम्बरको बसले ठक्कर दिदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ ।प्युठानबाट अर्घाखाँचीको लागि छुटेको बसले जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीमा भैलो खेलीरहेकालाई ठक्कर दिएको थियो।

दुर्घटनामा २० जना घाइते भएका छन ।घाइते मध्ये १ जनालाई बुटवल रिफर गरिएको छ भने १९ जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो । मृतकको पहिँचान अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close