खानेपानी समस्याको समधानमा गर्न जनताको सेवामा छौंः डिभिजन प्रमुख न्यौपाने

सुर्य प्रसाद भुसाल ,जेठ ७ अर्घाखाँची ।
पश्चिम नवलपरासीमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय स्थापना भएको १ बर्ष नपुग्दै धेरै खानेपानी समस्या हरु समधान हुदै गएपछि स्थानिय नागरिक हरु खुसि भएका छन । लुम्बिनी प्रदेश सरकार खानेपानी तथा शहरी बिकास मन्त्रालय ले गत भदौमा नवलपरासी मा खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय स्थापना गरि कार्यलय प्रमुखको रुपमा प्रकाश न्यौपानेलाई डिभिजन प्रमुखको जिम्मेवारी दिएर सो कार्यलयमा पठाएको थियोे ।
स्थानिय बासि हरुका अनुसार जिल्लामा नै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्थापना भएपछि जिल्लाबासीलाई अहिले सेवा लिन निकै सहज भएको छ । त्यहाँका स्थानिय नागरिकहरुको मर्कालाई बुझेर शहरि बिकास खानेपानी मन्त्री सरोज थापाको निर्देशनमा कार्यलय स्थापना गरिए पछि अहिले त्याहाका नागरिकलाई खानेपानी सम्बन्धि समस्या बोकेर जिल्ला बाहिर र मन्त्रालय जान पर्ने बाध्यता हटेको भन्दै स्थानिय बासि हर्सित छन ।
जनताको गुनासो सुन्ने र दैनिक फिल्डमा पुगेर सेवा दिने नागरिक लाई स्वछ्व पानी खुवाउनु पर्छ भन्ने उदेश्यले अहोरात्र खटिने डिभिजन प्रमुख प्रकाश न्यौपानेको खटाईका कारण नवलपरासी मा खानेपानी डिभिजन कार्यलयले १ बर्ष नहुदै उल्लेखनीय काम गर्न सफल भएको हो । धेरै योजनाहरु निर्माधिन छन भने केही योजना हरु बजेट अभाबका कारण समस्या मा परेका छन । न्यौपाने गुणस्तरीय काम गराउने जनता प्रति उत्तरदायी ईमानदार कार्यलय प्रमुखको सुचिमा पर्छन ।
कमेन्ट गर्नुहोस !