घरेलुको आयोजनामा सन्धिखर्कमा बजार अनुगमन

सन्धिखर्क ।घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा बजार अनुगन गरिएको छ ।पहिलो चरणमा होल्सेल पसलबाट अनुगमन गरिएको कार्यालयले जनाएको छ ।सन्धिखर्क २ का गल्ला तथा किराना पसमा अनुगमन गरिएको कार्यालय प्रमुख सन्तोष खनालले बताउनुभयो । आज १२ वटा पसल अनुगमन गरिएको हो । चिनीको मुल्य १सय १५ रुपँया किलोमा बिक्री गरेको पाएको उहाँले बताउनुभयो ।
अनुगमनलाई निरन्तरता दिने गरि अनुगमनको सुरुवात गरेको उहाँको भनाइ छ । अनुगमन फेन्सी ,डेरी र होटल लगायतका पसलमा पनि अनुगमन गरिएको कार्यालय प्रमुख खनालले बताउनुभयो ।अनुगमनको क्रममा धेरै पुँजी भएर कम पुँजी देखाउनेलाई सुधार गर्न लगाएको छ भने पसलहरुमा मुल्यसुची नराखेकालाई राख्न सुझाव दिएको हो ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य घरेलु तथा साना उधोग कार्यालयका प्रमुख सन्तोष खनाल, सन्धिखर्क नगरपालिकाका अधिकृत मुक्तिराम खनाल , चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ , उधोग बाणिज्य संघका कोषाध्यक्ष रुद्र प्रसाद श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !