प्रचण्ड र माधव समुहका कारण प्रतिक्रियावादी सल्वलाए: घिमिरे

शोभाखर पन्थी / अर्घाखाँची।नेकपा एमाले सन्धिखर्क वडा नं. १ कमिटीको बैठक सम्पन्न भएको छ । बैठकमा मन्तव्य राख्दै नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरेले प्रचण्ड र माधव समुहका कारण प्रतिक्रियावादी शक्ति सल्बलाएको बताउनुभयो । उहाँले आफ्नो पार्टीको सरकार ढालेर सेरबहादुरको पाउ मोल्ने प्रचण्ड ,माधवहरु कम्युनिस्ट हुनै नसक्ने जिकिर गर्दै सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रदेश सभाका सदस्य समेत रहनुभएका घिमिरेले माधव नेपाल समुह सँग देशभर एउटा पनि पालिका जित्ने सामर्थ्य नभएको भन्दै अप्सरवादी गुटलाई राजनीति र बैचारिक रुपले परास्त पार्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले वडा कमिटीका अध्यक्ष लक्ष्मण पराजुलीको अध्यक्षता,उपाध्यक्ष कमला भण्डारीको स्वागत मन्तव्य र सचिव प्रकाश भुसालको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले सन्धिखर्क नगरकमिटीका ईन्चार्ज युवराज श्रेष्ठ , नगरकमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,जिल्ला कमिटीका सदस्यहरु लालबहादुर कुमाल,विष्णु परियार ,वावुराम पन्थी,नारायण वि.सी.,लिलावती भट्टराई ,बलबहादुर बि.सी. ,आषा परियार लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो । बैठकले वडाको पार्टी कामलाई प्रभावकारी र व्यबस्थित गर्नेगरि विभिन्न योजना निर्माण गरेको छ । कार्यक्रममा टोल कमिटीका अध्यक्षहरुले आ-आफ्नो टोलको राजनीतिक अबस्था र बिकास निर्माण बारे रिपोर्टिङ गरेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close