भारतले पाकिस्तानलाई ३सय ५७ रनको लक्ष्य दियो

काठमाण्डौ । एसिया कप क्रिकेटको सुपर फोु मा भारतले पाकिस्तानलाई ३ सय ५७ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो । श्रीलङ्काको कोलम्बोमा खेल भैरहेको छ ।
भारतका लागि विराट काेहली र केएल राहुलले शतक बनाए । काेहली १ सय २२ र राहुल १ सय ११ बलमा नटआउट रहे । यस्तै शुभमन गिल ५८ र कप्तान राेहित शर्माले ५६ रन बनाएर आउट भए । बलिङतर्फ पाकिस्तानका शाहीन अफ्रिदी र शदाब खानले १/१ विकेट लिए ।पाकिस्तानले केहीबेरमा ब्याटिङ थाल्नेछ ।
कमेन्ट गर्नुहोस !