गौतमको राजनिति यात्रा तिन वर्षमा तिन तिर

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनी गाउँपालिका पुर्व उपाध्यक्ष लक्ष्मी गौतमले तिन वर्षमा तिन पार्टी प्रवेश गर्नुभएको छ ।पहिलो पटक नेकपा विभाजन हुँदा उहाँ नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।उहाँलाई एकिकृत समाजवादी अर्घाखाँची अध्यक्ष रामबहादुर चौहानले पार्टीमा स्वागत गर्नुभएको थियो ।

 

सोहि पार्टी प्रवेश गरेको केहि महिना पछि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो। उहाँलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, सञ्जय गौतमलगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

२०७४ को निर्वाचनमा नेकपा एमाले बाट निर्वार्चित उपाध्यक्ष समेत हुनुहुन्छ ।
पुन आज मात्र उहाँ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।उहाँलाई एमाले केन्द्रिय सदस्य चेतनारायण आचार्य,अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतले पार्टीमा प्रवेश गराउनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close