शिक्षाको गुणस्तर सुधारको लागि ग्रीन बोर्डिङको आयोजनामा अभिमुखीकरण कार्यक्रम

सन्धिखर्क ।अर्घाखाँचीमा रहेको सन्धिखर्क ग्रीन ईङ्गलिस बोर्डिङको आयोजनामा अभिभावक , शिक्षक र विद्यार्थीहरूलाई अभिमुखीकरण सन्धिखर्कमा सम्पन्न भएको छ ।विशेष गरि अभिभावकले आफ्ना बालबालिकालाई पठनपाठन देखि हरेक क्रियाकलापमा ध्यान दिनुपर्ने विषयमा मोटिभेसनल स्पिकर डाक्टर तारा प्रसाद गिरीले तिन चरणमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा शिक्षा विकास समन्वय ईकाइ अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले प्रशिक्षण कार्यक्रमले विद्यार्थी ,शिक्षक र अभिभावक बिचको सुमधुर सम्बन्ध हुने बताउनुभयो ।कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हुमप्रसाद बन्जाडे लगायतले मन्तव्य राखेको कार्यक्रम प्रिन्सीपल टेकबहादुर थापाको अध्यक्षता सहायक प्रिन्सिपल नारायण भुसालको संचालनमा सम्पन्न हो ।
कमेन्ट गर्नुहोस !