आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको आयोजनामा स्वागत र विदाई

सन्धिखर्क । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । नियमित कार्यक्रम अन्तर्गत सेवा प्रवेश गरी अर्घाखाँची जिल्लामा कर्मथलो बनाएर आउने नव आगन्तुक कर्मचारीहरुलाई स्वागत र सरुवा तथा निवृत भएर जानेहरुको लागि विदाई गदै आएको छ ।जसअन्तर्गत
जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीका जिल्ला न्यायधिवक्ता विष्णु प्रसाद आचार्य, कृषि ज्ञान केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख बुद्धिराज घिमिरे, मालपोत कार्यालयका नासु गंगा भुसाल, सरकारी वकिलका लक्ष्मीनारायण चौधरी, नापी कार्यालयका नमुना खनाल र अवदेश महतो कोईरीको स्वागतका साथै जिल्ला निर्वाचन कार्यालयबाट जल तथा मौषम कार्यालय, रुपन्देही भैरहवामा सरुवा भएर जान लाग्नु भएका जिल्ला निर्वाचन कार्यालयका रवि अर्यालको विदाई गरेको कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, नेपाल निजामती संगठनका जिल्ला अध्यक्ष गणेश प्रसाद भण्डारी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत र सह—सचिव नारायण प्रसाद दमासेको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !