हृदय रोग निवारण प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा निशुल्क स्वास्थ शिविर सम्पन्न

सन्धिखर्क ।हृदय रोग निवारण प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका वाड न १० धरम्पानी आधारभुत स्वास्थ केन्द्रमा १ दिने निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शिविरमा ईसिजी , ईको र सुगर परिक्षण गरिएको थियो । उपचार सेवा लिनेमा अधिकाम्स ४० देखि ७० बर्स उमेर समुहका रहेका थिए, भने शिविरमा. ईसिजी ७७ जनाले ईको ६० जनाले सुगर परिक्षण २सय६० जना ले निशुल्क उपचार सेवा लिएको हृदय रोग निवारण प्रतिस्ठान का जिल्ला अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो ।यस्तै निशुल्क औषधी समेत वितरण गरिएको बताइएको छ ।
शिविरमा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , उप प्रमुख मिश्रा आचार्य ,वडा नम्बर १० का वाड अध्यक्ष मोहन सिंह ठकुरी , ८ अध्यक्ष हुम प्रसाद बन्जाडे, ९का अध्यक्ष पदम बहादुर भुसाल , १०का निवर्तमान अध्यक्ष लक्ष्मि नारायण चुदाली, नेपाल हृदय रोग निवारण प्रतिस्ठान केन्द्रिय सदस्य तथा मुटुरोग विशेषज्ञ डा सुमन्त बन्जाडे ,मुटु रोग डा . अजय अधिकारी,जिल्ला अस्पताल अर्घाखाँची का प्रमुख डा . जगन्नाथ तिवारि लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !