अर्घाखाँचीमा अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधी सन्धिखर्क नगरपालिकालाई

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । रातापोखरामा रगंशालामा भएको प्रतियोगितामा जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधित्व हुने गरि खेलाडीहरुले सहभागीता जनाएका थिए । उपाधी सन्धिखर्क नगरपालिकाले जितेको छ।भुमिकास्थान नगरपालिकालाई ८ रनले पराजित गर्दै सन्धिखर्क नगरपालिका प्रथम भएको हो ।

फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको सन्धिखर्कले १९ ओभरमा पुरै विकेट गुमाएर ५९बनाएको थियो ।  ६० रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको भुमिकास्थानले १८.३ ओभरमा ५१ रन बनाउदा पुरै विकेट गुमाएको हो । ८ रनले जितेर सन्धिखर्क प्रथम र भुमिकास्थान दोस्रो भएको हो ।

यस्तै शितगंगा नगरपालिका लाई ९३ रनको फराकिलो अन्तरले हराउँदै आयोजक छत्रदेव गाउँपालिका तृतिय स्थान सुरक्षित गरेका हो।

प्रथम हुनेलाई १ लाख ५० हजार रुपैयाँ, दोस्रोलाई १ लाख २० हजार र तृतियलाई ८० हजार रुपैयाँ पुरस्कार एक कार्यक्रमका बिच  गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ,उपाध्यक्ष मनी पन्थी र प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ लगायतले विजेता खेलाडीलाई चेक ,ट्रफी मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close