अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले जित

काठमाण्डौं ।बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले जित हात पारेको छ। दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई तीन–एकले हराएको हो ।नेपालको जितमा अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे ।
कमेन्ट गर्नुहोस !