आईसीसी विश्वकप क्रिकेट लिग–२ मा क्यानडासँगको खेलमा नेपाल पराजित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल एक सय तीन रनले पराजित भएको हो ।
क्यानडाले दिएको दुई सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर एक बलमा एक सय ५० रनमा अलआउट भयो । त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ५३ रन बनाएको थियो ।
यसअघि क्यानडासँग भएको तीनवटा खेलमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । जितसँगै क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित नेपाल पाँच खेलमा एक जित र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।
कमेन्ट गर्नुहोस !