सन्धिखर्क नगरपालिका प्रमुख भुसाल सहित २१ जना जनप्रतिनिधिले राजिनामा दिए

अर्घाखाँची ।वैशाख ३० गते हुने पालिका चुनावमा उम्मेदवारी दिनका लागि अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका २१ जना जनप्रतिनिधिले पदबाट राजिनामा दिएका छन ।जसमध्ये नगरप्रमुख कमल प्रसाद भुसाल, ,वडा नम्बर १ का वडा अध्यक्ष युवराज बन्जाडे,३ का लिला गौतम, ४ का कृष्ण श्रेष्ठ, ६का कृष्ण बहादुर आचार्य,१० का लक्ष्मीनारायण चुँदाली ,१२ का नारायण खड्का लगायतका २१ जनाले पदबाट राजिनामा दिएको जनाईएको छ ।
यस्तै नगरप्रमुख भुसालले प्रयोग गर्दै आएको गाडीको चावी ,ल्यापटप तथा अन्य सामाग्री प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल लाई हस्तान्तरण समेत गरिएको थियो ।
कमेन्ट गर्नुहोस !