आईपिएल क्रिकेटमा मुम्बईको लगातार पाँचौ हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) मा मुम्बई लगातार पाँचौ खेलमा पराजित भएको छ। बुधबार राति भएको खेलमा मुम्बई पञ्जावसँग १२ रनले पराजित पाँच पटकको च्याम्पियनको आगामी यात्रा कठिन देखिएको छ।पञ्जावले मुम्बईलाइ जितका लागि २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रनको लक्ष्य दिएको थियो।१ सय ९९ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रनमा समेटियो।
कमेन्ट गर्नुहोस !