आसन्न निर्वाचनमा कांग्रेसले एजेण्डा र घोषणापत्रलाई पहिलो प्राथमिकता दिनुपर्छःभुसाल

सुरज /घिमिरे

अर्घाखाँची । सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले आसन्न निर्वाचनमा कांग्रेसको एजेन्डा र घोषणा पत्रलाई आकर्षक बनाउनुपर्नेमा जोड दिएकी छन् । उनले देशभर ३० लाख नयाँ मतदाता थपिएको बताउँदै थपिएका मतदातालाई कांग्रेसमा आर्कषण गराउँन आगामी निर्वाचनको एजेण्डा र घोषणा पत्रलाई आकर्षक बनाउनुपर्ने बताईन् । ुनेपालमा अहिले थप ३० लाख नयाँ मतदाता थपिएका छन् । उनीहरुलाई कांग्रेसमा आर्कषण बनाउन पहिलो कुरा कांग्रेसको एजेण्डा र घोषणा पत्र हो । उनले भनिन्, हामिले अबको एजेण्डालाई पहिलो प्राथमिकता दिनुपर्छ ।ु

नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीले आईतबार सन्धिखर्कमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै भुसालले गठबन्धनले कांग्रेसलाई थप मजबुत बनाउने बताईन् । उनले कांग्रेस कमजोर भएका स्थानीय तहहरुमा पार्टीलाई विस्तार गर्न गठबन्धनले महत्वपूर्ण भूमीका खेल्ने बताईन् । उनले भनिन्,हाम्रा कमजोर पालिकामा कांग्रेसलाई बिस्तार गर्न आवश्यक छ । हाम्रो पार्टी जुन जुन ठाउँमा कमजोर छ । जुन जुन स्थानीय तहमा कमजोर छ । उक्त स्थानीय तहमा हामिले विचार र एजेण्डा जनतामाझ पुराउनुपर्छ । उनले थपिन्, सुझबुझका साथ नेतृत्वमा पुग्न गठनबन्धनलाई प्रयोग गर्नुपर्ने आवश्यक छ ।ु

कांग्रेस संसदीय दलकी सचेतक समेत रहेकी भुषालले कांग्रेसले वैदेशीक सम्बन्ध सुदृढ बनाउन देउवा सरकार लागि परेको दाबी गरिन् । उनले एमालेले संविधान मिचेर साढे ३ वर्ष सत्ता चलाउँदा मूलुकको लोकतन्त्र नै कमजोर हुँदै गएको दाबी समेत गरिन् । भुषालले कांग्रेस आम जनताको केन्द्रबिन्दु बन्नुपर्ने बताउँदै पार्टीले अब सुशासन, विकास, आर्थिक–समृद्धि, मानवअधिकार लगाएतका कुराहरुलाई गम्भीरताका साथ आत्मसाथ गर्नुपर्ने बताईन् । उनले कांग्रेसले तिनै तहको निर्वाचन जित्नुपर्ने बताउँदै घरघर जाऔं, लोकतन्त्र बचाऔं भन्ने नारासाथ अघि बढ्नुपर्नेमा जोड दिईन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close