सन्धिखर्कमा निर्माणाधीन अर्घाभगवती विमानस्थलमा मोटरसाइकल चलाउन रोक

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका शिखरबार्नीमा निर्माणाधीन अर्घाभगवती विमानस्थलमा रातिको समयमा मोटरसाइकल चलाउन रोक लगाईएको छ ।रातिको समयमा मोटरसाइकल चलाउँदा दुर्घटना बढेपछि रातिको समयमा मोटरसाइकल चलाउन रोक लगाईएको हो ।बुधबार राति रनवेमा मोटरसाइकल दौडाउँदा अनियन्त्रित हुँदा २ जनाको मृत्यु भएको थियो ।मोटसाइकाल करिव २ सय मिटर तल सल्लेरीमा पुगेको थियो ।
यस्तै २ जना घाइते भएका थिए ।प्रदेश नम्बर २–०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको थियो ।
यता बुधबार नै सोहि ठाउँमा सन्धिखर्क नगरपालिक–२ बस्ने हेमराज भुसालले चलाएको बा. २५ प ८८७६ नम्बरको मोटरसाइकल पनि अनियन्त्रित भई विमानस्थल रनवेबाट करिब एक सय मिटर तल खस्दा भुसाल र मोटरसाइकल पछाडि बस्ने सन्धिखर्क नगरपालिका–२ बस्ने २० वर्षीय विष्णु पराजुली घाइते भएका थिए । घाइते मध्ये भुसालको बुटवलमा उपचार भैरहेको छ,भने पराजुलीको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको छ ।निर्माणाधीन विमानस्थलमा रातिको समयमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम भएकाले रोक लगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !