रवि हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने अर्घाखाँचीका निकोलस भुसाल पक्राउ

काठमाण्डौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने अर्घाखाँचीको मालारानीका डा.निकोलस भुसाल पक्राउ परेका छन् ।उनलाई हिजो बेलुकी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौको थलीबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको भुसालले स्वीकार गरेका थिए ।प्रहरीको गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको उनको भनाइ थियो ।
कमेन्ट गर्नुहोस !