जन्मदिनमा छोरा द्वारा आमालाई बीमा पोलिसी उपहार

बुटवल ।पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा तिलोत्तमा नगरपालिका १५ निवासी , सरोज गुरुङले आफ्नी आमा राम कुमारी गुरुङको जन्मदिनको अबसरमा आईएमई सरल सावधिक जिवन बिमाको पोलिसी उपहार स्वरुप दिनुभएको छ । जन्मदिनमा केही रकम भएपनी आमाको लागि बचत र भविस्यमा हुने जोखिम हस्तान्तरणको लागि आमाको जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार दिएको छोरा सरोज गुरुङले बताउनु भयो । यसरी उहाले आईएमई लाइफ बुटवलबाट आमा राम कुमारी गुरुङको जन्मदिनमा बिमा उपहार दिएर समाजमा सकारात्मक संदेश दिनुभएको छ ।

विभिन्न पर्व ,उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने जोखिम ब्यावस्थापन तथा अनिवार्य बचतको उद्देश्यले जन्मदिनको अवसरमा बीमा गरी पोलिसी उपहार स्वरुप दिएको बताउनुभयो ।

आईएमई सरल सावाधिक जीवन बीमा एक उत्कृष्ट बीमा योजना रहेको र यसले सानो सानो बचत बाट भविस्यमा आइपर्ने हरेक आर्थिक समस्यालाई समाधान गर्न सकिने तथा भविस्यमा जोखिम बहन समेत भइरहने भएकोले पनि यो बिमा निजका लागि उत्कृष्ट रहेकोले यो जीवन बीमा खरिद गरेको बिमितका छोरा सरोजको भनाइ रहेको छ । उक्त जन्मोत्सव कार्यक्रममा क्षेत्रीय शाखा प्रवन्धक राजेन्द्र पन्थी , शाखा प्रमुख नारायण गौतम, किस्मत सापकोटा ,नमराज भुसाल लगाएतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close