अर्घाखाँचीमा सबै भन्दा बेरुजु पाणिनिमा कम र सन्धिखर्कमा बढी(अन्यमा के पुरा विवरण सहित)

सन्धिखर्क ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा ५ करोड १ लाख २३ हजार रुपैयाँमा बेरुजु देखिएको छ । जिल्लाका ६ वटा स्थानीय तहमध्ये सबै भन्दा कम पाणिनि गाउँपालिकामा १५ लाख ३५ हजार रुपैयाँ र सबै भन्दा बढी सन्धिखर्क नगरपालिकामा १ करोड ९२ लाख ७९ हजार बेरुजु देखिएको हो ।
यस्तै शितगंगा नगरपालिकामा १ करोड २ लाख ५७ हजार ,भुमिकास्थान नगरपालिकामा ३१ लाख ११ हजार, छत्रदेव गाउँपालिकामा ५१ लाख ४५हजार र मालारानी गाउँपालिकामा १ करोड ७ लाख ९६ हजार रुपँया बेरुजु देखिएको छ ।
महालेखाको प्रतिवेदन अनुसार, प्रचलित कानुनअनुसार गर्नुपर्ने तरिका नअपनाई कारोबार गरिनु, लेखा विवरण नपेश हुनु, खर्च अनियमित वा बेमेल हुनु जस्ता विषयहरूलाई ‘बेरुजु’ को रूपमा लिइन्छ।
प्रतिशतका हिसावले
प्रथम: पाणिनी गाउँपालिका कुल बजेटमा ०.११% बेरुजु

कमेन्ट गर्नुहोस !