अर्घाखाँचीमा स्थानीय तहको निर्वाचनमा कांग्रेसले सबै क्षेत्रमा जित हासील गर्छः सभापति श्रेष्ठ

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केसव श्रेष्ठले स्थानीय चुनाव नजिकिएकाले आम नेता तथा कार्यकर्ता लाई चुनावको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । जिल्लामा विकासको फरकपनको नेतृत्व आवश्यक परेकाले त्यो नेतृत्व कांग्रेसले मात्र पुरा गर्ने भएकाले जिल्लाका तिन नगरपालिका र तिन गाउँपालिका जित्ने गरि लाग्नको लागि आमकार्यता लाग्नको लागि संचारक्रमीहरु संगको कुराकानीमा सभापति श्रेष्ठले यस्तो बताउनुभएको हो ।
यही फागुन २९ गतेदेखि गाउँटोलमा जाउ कांग्रेस लाई जिताऔं” अभियान लाई देशभर लागु हुनेभएकाले जिल्लामा पनि यो अभियानले निरन्तर संचालनको लागि केन्द्र,प्रदेश,जिल्ला,पालिका,वडा,तथा टोल सम्मका नेतृत्व लाई अभियानकै रुपमा बनाउने समेत बताईएको छ ।पार्टीमा रहेर दुई तर्फी भुमिका खेल्ने जोहो कोहीलाई पार्टीले कार्बाही गर्ने छ ।यस्तै चुनावको वातावरण स्थानीय स्तरमा कांग्रेस तर्फको आकर्षण बढेकाले कांग्रेले हरेक क्षेत्रमा जित हासिल गर्ने सभापति श्रेष्ठको भनाइ रहेको छ ।
कमेन्ट गर्नुहोस !