बालुवाटारमा गठबन्धनको बैठक बस्दै

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक आज बस्न लागेको छ । विहान १० बजे बैठक बस्न लागेको हो।अमेरिकी अनुदान सहायता एमसीसीलाई संसद्मा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो।यस्तै आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

आजको बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चाहाना छ । प्रधानमन्त्री देउवाले बिहीबार साँझ प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगसमेत छलफल गरेका छन् । छलफलमा संसद्को गतिरोध अन्त्य गरी एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन ओलीसंगआग्रह गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने दलहरुबीच सहमति भएपछि मात्र टेबल गर्नुपर्ने अडान लिदै आएका छन् । यसअघि शुक्रबार बसेको गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको थियो। बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार प्रतिनिधिसभामा एमसीसी टेबुल हुन सकेको थिएन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close