स्याङ्जामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

स्याङ्जा ।स्याङ्जामा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । जिल्लाको आँधीखोला वडा नम्बर ५ सेती दोभानमा रोकिराखेको ट्याक्टर एक्कासि गुड्दा एकजना महिलाको मृत्यु भएको हो ।ट्याक्टर अचानक गुड्न जाँदा चोक्करको भारी बोकेर हिँडिरहेकी आँधिखोला ६ कि ४५ वर्षीया माया विकको उपचारको क्रममा पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !